Notice & Events

दुई दिने प्रदेशस्तरीय कार्यशाला गोष्ठी आजदेखि शुरु

2076/7/27


उच्च शिक्षाको गुणस्तर सुनिश्चिता तथा प्रत्यायनका लागि अवलम्वन गर्नुपर्ने कार्यपद्धति र स्वअध्यन प्रतिवेदन तयारी सम्बन्धी दुई दिने प्रदेशस्तरीय कार्यशाला गोष्ठी आजदेखि शुरु भएको छ । ऐश्वर्य बहुमुखी क्याम्पसको सभाहलमा शुरु भएको गोष्ठीको सभापतित्व धनगढी उपमहानगरपालिकाका नगर प्रमुख तथा ऐश्वर्य बहुमुखी क्याम्पसका अध्यक्ष श्री नृप बहादुर वडज्यूले गर्नुभएको थियो भने क्याम्पस प्रमुख श्री धर्मदेव भट्टज्यूले कार्यक्रमको बारेमा प्रकाश पार्नुभएको थिाये । गोष्ठीको सहजीकरण QAAD अफिसर श्री गोपाल आचार्यज्यू र QAAD स्टाफ ममता प्रजापतिज्यूले गरिरहनु भएको छ ।

Back to top